इटहरीः आफ्नै घरको कोठामा बहालमा बसेकी बालिकामाथि जबर्जजस्ति करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका ४ घर भएका प्रेमबहादुर निरौला रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए । उनका अनुसार अध्ययनको सिलसिलामा डेरामा बसेकी बालिकालाई घरधनि निरौलाले आफू बस्ने कोठामा बोलाई आफ्नो सम्बन्धविच्छेद भइसकेकाले विवाह गर्ने प्रलोभन दिई बालिकाका अर्धनग्न तस्बीर खिची सो तस्बीर सार्वजनिक गरिदिने धम्की दिँदै पटक पटक करणी गरेका थिए ।
पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आाधारमा चैत ९ गते पक्राउ परेका अभियुक्त निरौलालाई जिल्ला अदालत सुनसरीको आदेशमा हिरासतमा राखी जबर्जस्ति करणी अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।