इटहरीः मोरङको बेलबारी नगरपालिका २ स्थित लोहोन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा पानीमा डुबेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ घर भएका ४५ वर्षीय शान्ति श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार खोलाबाट बालुवा निकाल्ने क्रममा बुधबार दिउँसो पानीमा डुबेर श्रेष्ठको ज्यान गएको हो । घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोली घटनास्थलमा परिचालित भई शव पोस्टमार्टमका लागि पठाई अनुसन्धानमा जुटेको प्रहरीले जनाएको छ ।