इटहरीःअहिले छिमेकीदेश भारतमा दैनिक ४० हजार भन्दा धेरैमा कोरोना भाइसरको संक्रमण पुष्टि भइरहेको छ । यसले नेपालमा पनि जोखिमको घण्टी बजेको विज्ञहरु बताउँछन् । सरकार पनि यसको पक्षधर छ । भारतमा कोरोना संक्रमणको दर पुनः उच्च भएको र नेपालको भारतसँग खुल्ला सिमान भएकाले यसको जोखिम नेपालमा पनि पर्न सक्ने भन्दै सरकारले पुर्वतयारीमा लाग्न निर्देश गरिसकेको छ । गत चैत ११ गते गृह मन्त्रालयले परिपत्र गर्दै त्यस्ता ठाउँमा कठाइ गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले सिमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको अनिर्वाय स्वास्थ्य परिक्षण गर्न, संका लागे पिसिआर गर्न र संक्रमित भेटिए आइसोलेसन र क्वारेन्टिनमा राख्न निर्देशन गरेको छ । तर, सुनसरीका अधिकांस नाकामा भने गृहमन्त्रालयको निर्देशन विपरित भइरहेको पाइन्छ । सुनसरीको मुख्य नाकाका रुपमा रहेको भन्टाबारी नाका बाहेक अन्य नाकामा त सामान्य ज्वोरो पनि नापिँदैन । भन्टाबारी नाकामा भन्दा अहिले भारत जानेको ताँति अन्य स–साना नाकाहरुमा बढि देखिन्छ । त्यस्ता नाकाहरुमा मध्ये हरिनगरा गाउँपालिकामा रहेको बसन्तपुर र बस्मतीया नाका र भोक्राहा नरसिंह गाउँपालिकामा रहेका नाकाहरुमा प्रहरीको सामान्य चेकजाँच बाहेक अन्य केहि गरेको पाइँदैन ।

Bordar (1)

सरकारले अनिर्वाय रुपमा हेल्थ डेस्क निर्माण गर्न भने पनि यी नाकाहरुमा अहिलेसम्म निर्माण भएको पाईँदैन । आफूलाई कसैले सिमा पारिको भारतिय बजारमा जान र रोजगारी गर्न कसैले नरोक्ने सिमा नाकाहरुमा भेटिने नेपालीहरु बताउँछन् । ‘हामी संधै यहीबाट पारि जान्छौँ’, हरिनगरको बस्मतीया नाकामा भेटिने एकले भने, ‘कोरोनाको विषयमा हामीले केहि सुनेका छैनौँ ।’ त्यी नाकामा भेटिएका अर्की एक महिलाले भनिन्, ‘मास्क के लगाउनु । कसैले लगाउनु भन्दैन । पुलिसले पनि केहि गर्दैन । हाम्रो केहि चेक गरेको छैन । सामान ल्याउँदा चाहिँ पुलिसले अलि अलि हेर्छ । अरु त केहि गर्दैन ।’ अहिले यी नाकाहरुबाट दैनिक खाद्यान्न र मल आयात गर्ने गरेको पाईँन्छ । यसका साथै भारतिय बजारबाट ब्रोइलर कुखुर पनि अवैध रुपमा आयात हुने गरेको पाइन्छ । भारतमा रोजिरोटिका लागि जानेहरु भने कोरोना लागेर मर्न नै तयार रहेको बताउँछन् । ‘डर त लाग्छ नि । डर लागेर के गर्नु । खान नपाएर झनै मरिन्छ । अब काम गर्दा पनि कोरोना लाग्छ भने मरियोस्’, भोक्राह नरसिंह गाउँपालिकाको नाकामा भेटिने एक महिलाले भनिन् ।

यसरी दैनिक हजारौँको आवातजावात हुने यी नाकाहरुमा स्वास्थ्य परिक्षण मात्र होइन स्वास्थ्य प्रोटोकल पनि प्रयोग गरेको पाईँदैन । यति कि यहाँ चेक पोस्टमा बस्ने प्रहरीले समेत मास्क नै लगाउँदैनन् । यहाँ आवात जावात गर्नेहरु त यस विषयमा अनविज्ञ जस्तै बन्छन् । तर, यी सबै कुरा न्यूनिकरण गर्नका लागि भारतसँग सिमा जोडिएका सुनसरीका स्थानीय पालिकाहरुलाई निर्देशन दिइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एमव् सूचना अधिकारी महेश कुमार पोखरेल बताउँछन् । ‘हामीलाई चैत ११ गते गृहमन्त्रालयबाट निर्देशन प्राप्त भएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले भने, ‘वोडरमा उताबाट आउनेहरुलाई चेक जाँच गर्ने भनेर मन्त्रालयबाट पत्र आउने वितिके हामी १२ गते सुरक्षा समितिको र डि.सि.सि.एम.सीको मिटिङ राखेर भारत सँग नाका जोडिएका पालिकाका प्रमुखहरुलाई बोलाएर तपाईँहरु यस विषयमा संवेदनलि भइदिनुपर्यो भनेका छौँ ।’ अहिले सुनसरीमा भान्टाबारी नाका मात्रै खुलेको पोखरेलको भनाइ छ । तर, स्थलगत रिपोटिङको क्रममा हामी सुनसरीका अन्य नाका पनि खुलेको पाएका छौँ ।

nnnnnn

‘अहिले सुनसरीको एउटा मात्रै नाका, भान्टाबारी नाका मात्रै खुलेको छ । हाम्रो अन्य नाका खुलेकै छैनन्’, सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने । ‘भान्टाबारी नाकामा हामीे चैत १३ गते नै हेल्थ डेस्क नै राखेका छौँ । त्यहाँ भारतबाट यता आउनेलाई थर्मलगनबाट टेम्रेचर नापेर, त्यस्तो केहि संका लागेमा एन्टिजेम भन्ने अहिले नयाँ टेस्ट आएको छ, त्यहि टेस्ट गरेर मात्रै भित्रियाउने गरेका छौँ’, उनले भने । नेपाल भारत सिमा नाका नजिकै भएकाले प्रहरीले आवातजावात गर्नेलाई रोक्नै नसक्ने उनि स्वीकार गर्छन् । उनले मंगलबार पुनः स्थानीय पालिकाहरुलाई बैठकमा बोलाएर त्यसबारे गम्भिर हुने बताए । यता स्थानीय तहका जनप्रतिनिधिहरु भने कोरोना भाइरसको अवस्था सिमा नाकामा सामान्य रहेकाले कडाइ नगरिएको बताउँछन् । ‘कोरोनाको विषय लिएर अहिलेसम्म हामीले नर्मल नै पाएका छौँ’, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर का वडासदस्य इर्फान अहिले ले भने, ‘यो ग्रामिण क्षेत्र हो । गाउँको मान्छेहरु काममा नै व्यस्थ हुन्छ । कोहि हिड्दैन । त्यसैले हामीले केहि कडाइ गरेका छैनौँ ।’

तर, यहाँ आउने मान्छेको तातिँ हेर्ने हो भने उनको भनाइ ठिक विपरित हुन्छ । यस नाकामा यहि गाउँपालिकाका मात्रै नभएर रोजिका लागि रामधुनिदेखि समेत मानिसहरु जाने गरको पाइन्छ । सुनसरीको भारतसँग ६२ किलोमिटर क्षेत्र खुल्ला रुपमा भारतसँग सिमा जोडिएको छ । यहाँका मुख्य, सहायक तथा भित्रि नाकाबाट दैनिक निर्वाद रुपमा आवातजावात भइरहेको छ ।

nnnnn