उदयपुरः उदयपुर प्रहरीले सात किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

बेलका नगरपालिका–८ कोठुमा सात केजी गाँजासहित बेलका–७ का २४ वर्षीय अनिश राई पक्राउ परेका हुन् । सोमबार बेलुका ५ बजेतिर बरगाछी बजारतिर आउँदै गरेको ना४च १५१६ नम्बरको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । -रासस