इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत खेति खोला पुलमा नेपाल टेलिकमको केवल काट्दै गरको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी ५ बस्ने ३१ वर्षीय ईश्वर लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीया रेनुका राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । उनका अनुसार अभियुक्तद्वयलाई प्रहरीले एक हजार दुई सय पेयरको केवल काट्दै गरेको अवस्थामा चैत चैत ९ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला अदालत सुनसरीको आदेशमा अभियुक्तहरुलाई हिरासतमा राखी चोरी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।