इटहरीः मोरङको रतुवामाई नगरपालिका ३ स्थित भित्री सडकखण्डमा हिजो भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्री महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका ३ घर भएकी ६० वर्षीया चिन्तिदेवी ताजपुरिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प ५४५५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ताजपुरियालाई उपचारार्थ रतुमाई नगर अस्पताल झुर्किया पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि रङ्गेली अस्पताल रेफर गरिएको थियो ।
रङ्गेली अस्पताल पुर्याउनासाथ ताजपुरियाको साँँझ ६ः३० बजे मृत्यु भएको डिएसपी रार्इृले बताए । उनका अनुसार दुर्घटना गराउने मोटरसाइकलका चालक रतुमाई नगरपालिका ३ का १८ वर्षीय अक्षयकुमार ताजपुरियालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरिएको छ ।