इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १२, खनारस्थित तिरुपति प्लाई उद्योगमा आगलागी भएको छ ।

बिहान ८ बजे सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए । उनका अनुसार विभिन्न ठाउँबाट दमकल परिचालन गरी आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि आगलागी नियन्त्रण हुन सकेको छैन ।

आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, यन्त्र उपकरण, भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात जलेको उनको भनाइ छ । आगलागीको कारण हालसम्म पत्ता नलागेको बताउँदै एसपी थापाले क्षतिको विवरणसमेत यकिन भइनसकेको जानकारी दिए ।