गैरकानुनी रूपमा कस्मेटिक सामान उत्पादन, एक पक्राउ

  • चैत्र २५, २०७७
  • ११७ पटक पढिएको
  • रासस
alt

काठमाडौँः नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानुनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा यसरी कानुन विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार सामानसहित काठमाडौंको ढुङ्गेअड्डा बस्ने चेतन गोयललाई पक्राउ गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको संयुक्त टोलीले गोयलको कस्मेटिक उद्योगमा खानतलासी गर्दा विसं २०७३ सालमा उच्च अदालत पाटनको निर्णयबमोजिम खारेज भइसकेको ट्रेडमार्क प्रयोग गरी कस्मेटिक सामान अनधिकृतरूपमा उत्पादन भएको पाइएको हो ।

प्रहरीले त्यहाँ उत्पादित २४ प्रकारका कस्मेटिक सामान र सामान बनाउन प्रयोग हुने चार वटा मेसिनसहित उद्योग सिल गरेको जनाएको छ । यस्तै सामान भण्डारण गरिएको गोदाम र पसलसमेत सिल गरिएको छ । सामान ओसारपसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान र सो भित्र रहेको आठ बोरा सामान पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । गोयलले गुणस्तरहीन मेहन्दी भारतमा उत्पादन भएको हो भनी झुक्याई बिक्री गर्ने गरिएको, मिति समेत नराखेको, नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ । प्रहरीले दुई वर्षअघि समेत उनलाई पक्राउ गरी कारवाही चलाएको थियो । -रासस

प्रतिक्रिया दिनुहोस

माछा मार्ने क्रममा नदीमा खसेर मृत्यु

इटहरीः संखुवासभाको मकालु गाउँपालिका ३ एकुवाफेदीमा अरुण नदीमा डुबेर एक जनाको ज्यान गएको छ । मृत्यु हु ...

बेडको उपलब्धता र उपचार पाउने भएपछि मात्र रिफर गर्न निर्देशन

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई बेडक ...

गायक प्रमोद खरेलको आवाजमा ‘प्रेमको चिनो’ (भिडियो सहित)

इटहरीः सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘प्रेमको चिनो’ को म्यु ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved