इटहरीः मोरङको कटहरी गाउँपालिका–१ मा सञ्चालित जय वैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

जहदा गाउँपालिका–४ का रतनकुमार कोइरीले सञ्चालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चैत २१ गते राति चोरी भएको भन्ने जानकारी पाएलगत्तै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले ४ जनालई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–८ का २३ वर्षीय लक्ष्मी यादव, २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र २२ वर्षीय दीपेशकुमार राय रहेका रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।

चोरीमा संलग्न अभियुक्तहरु रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान,एलइडी टिभी १ थान, मोबाइल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजारसहित विराटनगर–८ बाट चैत्र २४ गते दिउँसो पक्राउ परेका हुन् । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।