गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

  • चैत्र २६, २०७७
  • ९४ पटक पढिएको
  • रासस
alt

लन्डनः भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ । त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिनपछि भूपू गोर्खा सैनिक सङ्गठन तथा एनआरएनए गोरखा विभागले प्रधानमन्त्री ओलीलाई पनि संयुक्त ज्ञापनपत्र पठाएका हुन् ।

विभिन्न गोर्खा सङ्गठनका प्रतिनिधिहरुको उपस्थितिमा बुधबार बिहान लन्डनस्थित नेपाली दूतावासमा उक्त ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा भूतपूर्व गोरखा सैनिकहरूको संस्था गेसोका कार्यवाहक सभापति धर्म तामाङले बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको तर भूतपूर्व गोर्खा सैनिकहरुप्रति विभेद कायमै रहेकाले गेसोले तीन दशकभन्दा लामो समयदेखि आन्दोलन चलाइरहेको बताए । ज्ञापनपत्र बुझ्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सेवानिवृत्त गोर्खा सैनिकको विषय नेपाल सरकारको प्राथमिकताको विषय हो भन्दै आफू बेलायतमा राजदूत भएर आउनासाथ यो विषयलाई प्राथमिकतामा राखेको बताए । -रासस

प्रतिक्रिया दिनुहोस

गायक प्रमोद खरेलको आवाजमा ‘प्रेमको चिनो’ (भिडियो सहित)

इटहरीः सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘प्रेमको चिनो’ को म्यु ...

एनएमबी बैंकको तरहरा शाखाका पाँच कर्मचारीमा कोरोना पुष्टि, बैंकको सेवा बन्द

इटहरीः कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको इटहरी उपमहानगरपालिका २०, तरहरास्थित एनएमबी बै ...

सडक विस्तारका लागि गएको डोजरमा तोडफोड, प्रहरीद्वारा कारबाही गर्न आनाकानी

इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका ५ मा सडक विस्तारका लागि नगरपालिकाले परिचालन गरेको डोजरमाथि स्था ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved