इटहरीः मोरङको विराटनगर महानगरपालिका ८ स्थित बलुवाईबाट प्रहरीले आफ्नै बाबुको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ५२ वर्षीय विको सहनीका जेठा र कान्छा दुई छोराहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा संलग्न तीन जनामध्ये मृतक सहनीका माइला छोरा फरार रहेको कार्यालयको भनाइ छ ।

घरायसी झगडाका क्रममा छोराहरुले प्रहार गरेको घरेलु हतियारबाट घाँटीमा गम्भीर चोट लागी उपचारार्थ कोसी अस्पताल विराटनगर पुर्याइएका सहनीलाई चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए । घटनामा संलग्नहरुका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।