इटहरीः उदयपुरको त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

आज दिउँसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउनसुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजिटल मेसिन थान १, विभिन्न कम्पनीका १० ओटा मोबाइल सेट र नौ ओटा सिमकार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गतेदेखि कार्की ब्राउन सुगर बिक्री वितरण मुद्दाको फरार प्रतिवादीसमेत रहेको सो कार्यालयले जनाएको छ ।