इटहरीः सुनसरीको इटहरीमा दिउँसो २ बजेको समयमा इटहरीबाट धरानतर्फ जाँदै गरेको ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरले ठक्कर दिँदा इटहरी उपमहानगरपालिका वडा नम्बर १ आदर्श टोलका कर्णबहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । इटहरी धरान सडकको किनारामा पैदलयात्रा गरिरहेका उनलाई ट्रिपरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुका अनुसार ट्रिपरले सडकको सिमाभन्दा बाहिर आएर गुरुङलाई ठक्कर दिएको थियो । सो ट्रिपर अनिल चौधरीले चलाएका थिए ।

death body

 

घटनास्थलमै मृत्यु भएका गुरुङको शवलाई प्रहरीले बिनाजानकारी उठाएर लाग्नै लाग्दा स्थानीयले विरोध जनाएका थिए । शव नै नचिनिने गरी सडकमा रहेको र प्रहरीले उक्त शव नै पोस्टमार्टमको लागि लैजान लागेकाले विरोध गरेको स्थानीयले बताएका छन् । उनीहरुले ट्रिपर र चलकलाई ल्याउनुपर्ने माग राख्दै विराटनगर–धरान ६ लेन सडकमा बाँसको बार लगाउँदै सडक अवरुद्ध गरेका हुन् । चालक र ट्रिपर नल्याएसम्म शव उठाउन नदिने परिवारले बताएका छन् । यद्यपि प्रहरी भने शव उठाउने प्रयासमा लागेको छ ।

death