इटहरीः मोरङको विराटनगर महानगरपालिका ५ का एक पुरुषको आफ्नै छोराको कुटाइबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा ६५ वर्षीय काले साह रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।
उनका अनुसार गत चैत २६ गते घरायसी विवादका क्रममा आफ्ना २९ वर्षीय छोरा अजयबाट निर्घात कुटपिट गरिएका साहलाई उपचारार्थ सोही दिन नोबेल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साहको आज बिहान ८ बजे ज्यान गएको अस्पताल स्रोतलाई उदृत गर्दै एसपी खड्काले जानकारी दिए ।
साहको मृत्यु भएपछि कुटपिटमा संलग्न छोरा अजयलाई प्रहरीले पक्राउ गरेको छ । लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका अभियुक्त अजयलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीको तयारी छ ।