इटहरीः डाँका मुद्दाका ५ फरार प्रतिवादीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ वर्षीया सृजना चौधरी, इटहरी–१३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरीको छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङको बुढीगंगाका ३० वर्षीय अजिम मियाँ र सुनसरीको दुहबी–११ का ३० बर्षीय सर्वन उराव रहेका छन् । यो समुहले मिति २०७७ साल फागुन ६ गते सुनसरी बर्जु–१ का सुवास चौधरीको घरमा मध्यरातमा प्रवेश गरी सुवासलगायत उनको परिवारलाई कुटपिट गरी घरमा रहेको नगद ५४ हजारसमेत डाँका गरी लगेको खुल्न आएको छ ।
पक्राउ परेकीमध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिसइबी साध्ने सोच बनाई यो समूहलाई सुवास चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६५ केएफ लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको तथा उनीहरुउपर थप अनुसन्धानसमेत भइरहेको उक्त कार्यालयले जनाएको छ ।