इटहरीः तेह्रथुममा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा को १ ज ३४०९ नम्बरको जिपका चालक तेह्रथुम मन्छायायेम गाउँपालिका–५ का ४६ वर्षीय कृष्ण खापुङ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका चालक खापुङलाई उपचारार्थ तेह्रथुम जिल्ला अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको हिजो राति नै ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले बताए । उनका अनुसार म्याङलुङदेखि मोराहाङतर्फ गइरहेको को १ ज ३४०९ को जिप अनियन्त्रित भई भीरबाट खसेको थियो ।