इटहरीः सुनसरीको दुहबी नगरपालिका २ स्थित प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका २ घर भई प्रिमियम स्टिल उद्योगमा कामदारका रुपमा कार्यरत ४० वर्षीय दीपेन्द्र यादव रहेको जिल्ला प्रहरी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) कविन्द्र कार्कीका अनुसार आज बिहान ६ बजे फलाम पल्टाउने क्रममा सोही फलामले किचेर घाइते भएका यादवलाई उपचारार्थ विराटनरगरस्थित न्युरो अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गरी यादवको ज्यान गइसकेको जानकारी दिएका थिए ।