इटहरीः मोरङको विराटनगर महानगरपालिका ४ स्थित कञ्चनबारीबाट प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ८ घर भएका ३२ वर्षीय दीपेन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार सोमबार दिउँसो २ः३० बजे पक्राउ परेका अभियुक्त तामाङका साथबाट प्रहरीले अवैध लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल बरामद गरेको थियो ।
पक्राउ परेका अभियुक्तलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत मोरङको आदेश अनुसार हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।