इटहरीः संखुवासभाको मकालु गाउँपालिका ३ एकुवाफेदीमा अरुण नदीमा डुबेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ घर भएका ३० वर्षीय रामजी तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार सोमबार बेलुका ५ बजे अरुण नदीमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए । प्रहरी र स्थानियवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बीचमा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभालाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।