इटहरीः मोरङको विराटनगर महानगरपालिका २ दुर्गा चौकबाट प्रहरीले चोरी मुद्दाका फरार अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका २८ वर्षीय कुलदीप राय रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार मोरङ जिल्ला अदालतबाट २०६९ असोज २३ गते नकवजनी चोरी मुद्दामा एक महिना १५ दिन कैद तथा ३९ हजार रुपैयाँ जरिवानाको सजाय पाएका अभियुक्त राय अदालतको फैसला पालना नगरी फरार भएकोमा आज दिउँसो २ बजे पक्राउ परेका हुन् ।

पक्राउ परेलगत्तै जिल्ला अदालत मोरङसमक्ष पेस गरिएका अभियुक्त रायलाई अदालतले सजाय भुक्तानीका लागि कारागार चलान गरेको प्रवक्ता राईले जानकारी दिए ।