इटहरीः सुनसरीको इनरुवा नगरपालिका ९ स्थित बबियामा बिजुलीको पोलले लागेर एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ४२ वर्षीया सुनिता खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । उनका अनुसार हिजो बुधबार साँझ नहर सफा गर्न आएको एक्साकाभेटरले पोल लडाएपछि सो पोल घरमै बसिरहेकी खत्वेको शरीरमा बजारिएको थियो ।
पोल लागेर गभ्भीर घाइते भएकी खत्वेलाई उपचारार्थ सुनसरी जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारका क्रममा सोही दिन उनको ज्यान गएको एसपी थापाले बताए । उनका अनुसार दुर्घटना गराउने एक्सकाभेटरका अपरेटर हालसम्म फरार प्रहरीले उनको खोजी तिव्र बनाएको छ ।