इटहरीः इलामको सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामिण चिया उद्योगमा भएको आगलागीबाट १० रुपैयाँ बराबरको चिया जलेर नष्ट भएको छ ।
चिया बनाउनका लागि सोही उद्योगमा कार्यरत मजदुरहरुले बालेको ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार आगलागी भएको आधा घण्टाभित्रै स्थानीय र उद्योग कर्मचारीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागी आज बिहान ५ः३० बजे भएको थियो ।