इटहरीः १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले मंगलबार मास्क खै अभियान चलाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहर रोक्न भन्दै मास्क खै अभियन चलाइएको हो । ठूला–साना तथा सरकारी र निजी सवारी साधनहरुमा मास्क लगाए नलगाएको चेक गर्ने र नलगाएको पाए आफैले मास्क वितरण गरेर अनिर्वाय मास्क लगाउन सजग गराइएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले जानकारी दिए । ‘अहिले कोभिडको दोस्रो महामारी सुरु भएको छ’, प्रहरी उपरीक्षक शर्माले भने, ‘यो महामारीलाई केही हदसम्म कम गर्न मास्क लगाउने अभियान सञ्चालन गरेका हौँ ।’ मंगलबार विहान प्रहरीले आफ्नै कार्यालयअगाडि अभियानको शुभारम्भ गरेको हो ।

2 1

जसमा प्रहरी उपरीक्षक शर्मा स्वयम् कार्यक्रममा सहभागि थिए । उनले मास्क नलगाउने चालक तथा यात्रुलाई मास्क दिँदै अनिवार्य मास्क लगाउन अनुरोध गरेका थिए । प्रदेशका सबै ठाउँमा यो अभियान सञ्चालन गरिएको शर्माले जानकारी दिए । ‘यो अभियान प्रदेशका १४ जिल्ला, ९४ वटा युनिटमा १० बजेदेखि सुरु भएको छ’, उनले भने, ‘ यो अभियान निरन्तर चल्छ ।’ प्रहरीको अभियानका क्रममा विशेषगरी दुई पांग्रे सवारी साधनका चालकले मास्न नलगाएको पाइएको छ । धेरै हेल्मेट लगाउँदा मास्क खस्ने गरेको प्रतिक्रिया दिएका थिए । तर, प्रहरीले भने अनिवार्य मास्क लगाउन अनुरोध गरेका थिए । यात्रुवाहक सवारी साधनमा पनि छिटफुटले मास्क लगाएका थिएनन् । त्यस्ता सवारी साधनलाई रोकेर ट्राफिक प्रहरीले कोरोनाको भयावह अवस्थाबारे सचेत गराएको छ ।

 

3 1