इटहरीः मोरङको धनपालथान गाउँपालिका ५ स्थित दादरबेरियामा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धनपालथान गाउँपालिका–५ का २२ वर्षीय मन्तोष सरदार रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । को १४ प ५१९९ नम्बरको मोटरसाइकलमा सवार भई उत्तरबाट दक्षिणतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा सरदार गम्भीर घाइते भएकोमा उनलाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएका सरदारको उपचारका क्रममा आज बिहान ६ बजे ज्यान गएको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार सवारी चालक अनुमतिपत्रबिना नै मोटरसाइकल चलाइरहेका सरदारको तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित हुँदा ज्यान गएको हो ।