झापाः कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गरेको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ । आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषेधाज्ञा आइतबार राति १२ बजेबाट शुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ । सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ ।

jhapa nishedhagya.

निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागु गराउने भनिएको छ । शुक्रबार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो । बैठकलगत्तै निषेधाज्ञा जारी गरिएको थियो । -रासस