इटहरीः झापामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा जिल्लाको कचनकवल गाउँपालिका २ घर भएकी ७३ वर्षीया गंगादेवी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक राकेश थापाका अनुसार आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी करेन्ट लागेपछि महिलाको घटनास्थलमै ज्यान गएको हो । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।