इटहरी :लामो समयदेखि नारामा सिमित भएको फोहोर बाट मोहोर बनाउने कार्यक्रम धरान उपमहानगरपालिकामा शुरु भएको छ ।
धरान उपमहानगर भित्रको फोहोरलाई प्रशोधन गरेर भेन्चर वेष्ट टु इनर्जी नामक परियोजनाले ग्यास र मलको उत्पादन सुरु गरेको हो ।
फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने गरी धरान–६ पानबारीमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । धरान डे को उद्घाटनमा आएका प्रद्यानमन्त्री देउवा, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले उत्पादित ग्याँस र मलको अवलोकन समेत गरेका थिए ।1-3
अनुभवको लागि फोहोरबाट उत्पादित ग्यासबाट चलेको ट्याम्पुमा समेत प्रद्यानमन्त्री देउवा चढ्न भ्याए ।
भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएर धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर सो केन्द्र निर्माण गरेको हो ।
धरानमा सुरु भएको फाहोरबाट मोहोर बनाउने कार्यक्रम पहिलो शहरी फोहोर व्यवस्थापनमा निजी सार्वजनिक साझेदारी अवधारणाअनुसार निजी क्षेत्रबाट स्थापित आयोजना हो ।
उत्त प्रसोधन केन्द्रबाट दैनिक करिब १ हजार किलोग्राम जैविक ग्याास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुने भेन्चर वेष्ट टु इनर्जीका कार्यकारी निर्देशक विपुल पाण्डे बताउँछन् ।
परियोजनामा अहिलो ५० जनाले रोजगारी पाएका छन् भने आयोजना पुर्ण रुपमा सन्चालन भए ८० जना भन्दा बढिले रोजगारी पाउने बताइएको छ ।
प्रसोधन केन्द्रबाट उत्पदित जैविक ग्याँसलाई शुद्धिकरण गरी कम्पोज नेचुरल ग्याँसको रुपमा प्रयोग गर्न सकिने विज्ञको भनाई छ । यसो भएमा धरानमा रहेका तीनपाङ्ग्रे सवारी साधन (टेम्पो) मा प्रयोग गर्न सकिन्छ । हाल सन्चालनमा रहेका पेट्रोलबाट चल्ने तीन पाँग्रेमा समेत सिलिण्डरसहितको एक किटको जडानपश्चात सो ग्यास प्रयोग गर्न सकिने बताईएको छ । यसो हुन सके पेट्रोलको आयात घटाउन सकिने बताइएको छ ।
ग्याँसलाई टेम्पोमा रहेको सिलिण्डरमा हाल्नका लागि आवश्यक सामग्रीको निर्माण कार्य पनि धरान–७ भोटेपुलमा सम्पन्न भइसकेको छ ।
परियोजना २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र निर्माण भएको हो । यसमा उपमहानगरको कुनैपनि लगानी छैन । भेन्चर वेष्ट टु इनर्जिले धरानको पानवारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट निर्माण सुरु गरेको हो । सम्झौताअनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई बताउँछन् ।