इटहरीः ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आगेपामा एक्स्काभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढुङ्गाले लागेर १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
आइतबार दिउँसो उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङ्गा माटोलाई सडकभन्दा तल फाल्ने क्रममा सोही ढुङ्गाले लागेर पैदल हिँडिरहेका सिदिङ्वा गाउँपालिका–३ भञ्याङका २२ वर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।