इटहरीः मोरङको बिराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रोजेक्टको भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतबार राति १०ः०० बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १ –०२–०४९ प ६२५८  नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार विराटनगर–१५ का  ४५ वर्षीय भोला श्रेष्ठ र  १२ वर्षीय सुशान्त श्रेष्ठ घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल पठाइएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राति नै मृत्यु भएको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।