इटहरीः यातायात व्यवस्था विभागले सार्वजनिक यातायात साधनको भाडा वृद्धि गरेको छ ।

अन्तरप्रदेश, यात्रुवाहक र मालवाहक सवारीको भाडा विभागले वृद्धि गरेको हो । पहाडी रुटमा चल्ने मालवाहक सवारीको भाडा दुई दशमलव ३४ प्रतिशत बढाएको विभागले यात्रुवाहकतर्फ भने एक दशमलव ७९ प्रतिशत भाडा बढाएइएको जनाएको छ ।

तराई रुटका मालवाहक सवारीको भाडा भने दुई दशमलव ६ प्रतिशतले बढाइएको विभागद्वारा जारी सूचनामा जनाइएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।