इटहरीः झापाको मेचीनगर–६ मेची पुलबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–१० बस्ने ३१ वर्षीय प्रदीप आलेमगर र मेचीनगर–८ बस्ने  २० वर्षीय प्रशन्न राजवंशी रहेका छन् ।

सोमबार अपराहन्न ४ः०० बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सुरक्षा जाँचको क्रममा लागूऔषध खैरो हिरोईन १३ ग्राम फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसरी लागूऔषधसहित पक्राउ परेका उनीहरुका सम्बन्धमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।