इटहरीः  सुनसरीको रामधुनी नगरपालिका–६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान सवा ७ः१५ बजे घरैमा सुतिरहेका चन्द्र सदाका १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाइते बनाएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारका लागी बीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा बिहान ८ः००  बजे उनको मृत्यु भएको थियो ।

घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरी थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।