इटहरीः सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउ २६ गते साँझदेखि हराइरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अबस्थामा फेला परेका थिए ।
यसैगरी, इनरुवा नगरपालिका–२ का ६५ वर्षीय गंगाराम मण्डल २७ गते बिहानदेखि हराइरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । दुवै घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।