धरानः धरानमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सडकमा ब्यारिकेटर राखिएको छ ।

शनिबार धरान १६ समिचोकमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सियोन स्कुल धरानको तर्फबाट ब्यारिकेटर सहयोग गरिएको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरीको रोहवरमा स्कुलले ४ थान ब्यारिकेटर सहयोग गरेको हो । ब्यारिकेटर धरान १६ समिचोकको उत्तरमा २ वटा र दक्षिणमा २ वटा राखिएको छ ।

फराकिलो चोक र तिव्र रूपमा गाडीहरू कुदिरहेकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेतले बताए । ब्यारिकेटर ३० मिटरको दूरीमा राखिएको छ । कार्यक्रममा धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई र ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) नारायणप्रसाद दाहाल लगातको उपस्थिति रहेको थियो ।