इटहरीः  झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको सुपारी प्रहरीले बरामद गरेको छ ।

सोमबार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले  नेपालबाट भारततर्फ लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा दुई सय ४५ किलोग्राम अन्दाजी १ लाख २२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सुपारी बरामद गरेको हो ।

बरामद भएको उक्त सुपारी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।