इटहरीः सुनसरीको रामधुनी नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
हिजो राति १०ः१५ बजे प्रदेश १–०२–०४२ प ३७१३ नम्वरको मोटरसाइलले बाटो काट्दै गरेको अवस्थामा स्थानीय ६० वर्षीया रुकमी सरदारलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी सरदारको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालक रामधुनी–९ सुनसरीका अमन चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।