इटहरीः झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।
हिजो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सुरक्षा जाँचको क्रममा पकवान तेल ४२ कार्टुन र झ्याल ढोकामा प्रयोग हुने ह्यन्डिल ४८ थानसहित अन्दाजी १ लाख ६१ हजार मुल्य बराबरको सामान बरामद गरेको हो ।
बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ ।