धरानः भीआईपीहरुको सेवा सुविधा खारेजीको माग गर्दै धरानमा हिजो प्रदर्शन भएको छ ।

नेपाल बसोबास संरक्षण समाजले देश र जनता बचाऔँ अभियान २०७९ सुरुवात गर्दै प्रदर्शन गरेको हो । संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले माग पूरा नभएसम्म अनसन बस्ने बताए । उनले अभियान राष्ट्रिय रुपमा सञ्चालन गर्ने बताए । उनीहरुले राष्ट्रपतिदेखि स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा सुविधा खारेजी गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले भीआईपीहरुको सेवासुविधाका कारणले मुलुक आर्थिक संकटतर्फ गएको बताएका छन् । उनीहरुको ब्यानरमा ‘भीआईपीहरूको सेवासुविधा खारेज गर, देश र जनतालाई माया गर’ लेखिएको छ ।

साथै प्रदर्शनकारीले देशलाई श्रीलंका हुनबाट बचाउन नेताहरू बेलैमा सचेत हौ, जनताले धान्नै नसक्ने मूल्यवृद्धि फिर्ता गर,  सुकुम्बासीलाई बिनाशर्त लालपुर्जा वितरण गर, देश कङ्गाल हुनबाट बचाआँै, अनावश्यक विलासी गाडी बन्द गर, शिक्षा स्वास्थ्य निःशुल्क गर, जनप्रतिनिधि र उच्चपदस्थ कर्मचारीको बैठक भत्ता खारेज गरलागयतका प्लेकार्ड बोकेका थिए ।