इटहरीः आज संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्दैछ ।

अपराहन्न १ः०० बजेका लागि आह्वान गरिएको बैठकमा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल तथा सोही विधेयक निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठक प्रतिनिधिसभाको ११ औँ अधिवेशनको ४१ औँ बैठक हो ।