इटहरीः प्रदेश १ सरकारद्वारा स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा अत्याधुनिक जेष्ठ नागरिक ग्राम निर्माण गर्न खरिद गरिएको जग्गामा अनाधिृकत बस्ती बसेको पाइएको छ । 

मोरङ्गको ग्रामथान गाउँपालिका र गुठी संस्थानबाट १० बिघा १४ कट्ठा जग्गा खरिद गरीएकोमा अहिले सो जग्गामा २०÷२५ परिवारले अस्थायी घर टहरा निर्माण गरी भोगचलन गरेका हुन् । 

२ करोड ६७ लाख ६५ हजार रुपैयाँमा खरिद गरिएको सो जग्गामा निजी क्षेत्रको सहभागितामा स्थानीय तर र प्रदेश १ सरकारले अत्याधुनिक जेष्ठ नागरिक ग्राम बनाउने योजना गरेका थिए । जग्गाको सीमांकनमा मात्रै १७ लाख १६ हजार रुपैयाँ खर्च भएको थियो । 

महालेखापरीक्षकले जेष्ठ नागरिक ग्रामको निरीक्षण गर्दा गत वैशाखमा सीमांकन गरेको संरचनासमेत हटाएको पाइएको छ । 

५ लाख रुपैयाँ खर्च गरी परियोजना प्रतिवेदनसमेत तयार भएको उक्त जग्गामा अनाधिृकत बस्ती हटाई उद्देश्य अनुसारको जग्गाको उपयोग गर्न महालेखापरीक्षकको कार्यालयले प्रदेश १ सरकारलाई निर्देशन दिएको छ ।