इटहरीः सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोलबाट भन्सार छली ल्याइएको ३० लाख रुपैयाँ बराबरको लत्ताकपडा गाडीसहित प्रहरीले बरामद गरेको छ ।
आज बिहान २ः०० बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउँदै गरेको अवस्थामा अवैध सामाान फेला पारेको थियो ।
प्रहरीलाई देख्नेबितिक्कै चालक फरार रहेकोले खोजतलास भइरहेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । बरामद भएका लत्ताकपडा र गाडी कानूनी प्रकृया पूरा गरी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय कोसी बराजमा पठाइएको प्रहरीले जनाएको छ ।