इटहरीः मोरङको सुनवर्षी नगरपालिका ८ नेपाल चौक छेउबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका ५ का २१ वर्षीय विष्णु ऋषिदेव र २० वर्षीय अभिषेक ऋषिदेव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गएराति ९ः३० बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साइकलमा सवार रहेका उनीहरुलाई लागूऔषध नाइट्राजेपाम–१० – १५ ट्याब्लेट र ट्रामाडोल नामक नियन्त्रित औषधि १५० क्याप्सुलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।