इटहरी  :सुनसरीको झुम्कामा रहेको मोरङ्ग सुनसरी  सिंचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा शनिवार एक बालिका वेपत्ता भएकी छन् । 

झुम्काको नहर डिलमै बस्नै  रामधुनी नगरपालिका–१ झुम्काकी १३ बर्षिय बालिका आज दिउँसो करिव १२ बजेतिर पौडि खेल्न पसेको तर नफर्किए पछि उद्धारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

 घटना लगत्तै इलाका प्रहरी पकलीका प्रहरी र सस्त्र प्रहरीको गोताखोर समुहले समेत नहरले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको इलाका प्रहरी पकलीले बताएको छ । अहिले नहरको पानी बन्द गरेर बालिकाको खोजि कार्य भइरहेको इप्रका पकलीले जानकारी दिएको छ ।