इटहरीः झापाको बुद्धशान्ति गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनलाई मिच्दै १४ जना पदाधिकारी र कर्मचारीलाई १३ लाख रुपैयाँ बराबरको स्मार्ट फोन खरिद गरेको पाइएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा १३ लाख ९ हजार रुपैयाँ बराबरको स्मार्ट फोन किनेर पदाधिकारी र कर्मचारीलाई बाँडेको महालेखापरीक्षकको लेखा प्रतिवेदनले देखाएको छ ।
गाउँपालिकाको आयलाई प्रभावित पार्नेगरी खरिद गरिएको उक्त मोबाइल फोन बापतको रकम सम्बन्धित पदाधिकारी र कर्मचारीबाट असुल गर्न महालेखापरीक्षकको कार्यालयले पालिकालाई निर्देशन दिएको छ ।