इटहरीः ज्यान मार्ने उद्योग मुद्दाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ घर भएका २७ वर्षीय तिखे भनिने सुरज शाक्य रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार प्रदेश प्रहरीको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले अभियुक्त शाक्यलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा हिजो पक्राउ गरेको हो ।

मोरङ जिल्ला अदालतको २०७८ मङ्सिर २५ गतेको फैसलाबाट ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई पाँच वर्षको कैद सजाय सुनाइएपछि शाक्य फरार रहेका थिए । पक्राउ परेका शाक्यलाई जिल्ला अदालतमा पेस गरी अदालतकै आदेशमा कैद भुक्तानका लागि मोरङ जिल्ला कारागार विराटनगर चलान गरिएको प्रहरीले जनाएको छ ।