इटहरीः सुनसरीको झुम्कास्थित सुनसरी मोरङ्ग सिँचाई आयोजनाको नहरमा पौडि खेल्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव खनारनजिकै नहरमा फेला परेको छ ।
शुक्रबार पौडी खेल्न पसेकी रामधुनी १ स्थित नहरको डिलमै बस्ने बालिका बेपत्ता बनेकी थिइन् । बेपत्ता बालिकाको खोजीकार्यमा लागेको नेपाल प्रहरी , सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शनिबार खोजी गर्दा नभेटेपछि नहरको पानी सुकाएर आइतबार खोजीकार्य जारी राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अुनसार शनिबार रामुधनी १ जितमहान चौकस्थित चतरा–झुम्का नहरमा पौडी खेल्ने क्रममा डुबेकी १२ वर्षीय लिलामाया विकको शव आइतबार चतरा झुम्का खनार नहरमा डुबिरहेको अवस्थामा भेटिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्दा इटहरी उपमहानगरपालिका वडा नं. १६ को चतरा–झुम्का–खनार नहरमा डुबिरहेको अवस्थामा बालिकाको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।