इटहरीः मोरङको विराटनगर महानगरपालिका–१३ का १८ वर्षीय विवेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राति सुनका बिभिन्न गरगहना र नगद ४६ हजारसमेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका समान र नगदसहित पक्राउ गरेको हो ।

 पक्राउ परेका कामतलाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा म्याद थप गरी थप गराई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।