इटहरीः झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट सुरक्षा जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका फाकफोकथुम–१, इलामका २७ वर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८, पाँचथरका २१ वर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।