इटहरीः सुनसरीको इनरुवा नगरपालिका–४ बस चौकमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ का २७ वर्षीय श्यामसुन्दर यादव घाइते भएका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।