इटहरीः नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ ।
पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम काठमाडौँको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजना हुने पार्टी मुख्यालयले जनाएको छ ।
अन्य दलले आफ्नो पार्टीबाट स्थानीय तह निर्वाचनमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिइसकेको अवस्थामा समाजवादीले आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।